ग्वार्को चोकमा ‘फ्लाइओभर’ बन्दै, चक्रपथका गाडी फ्लाइओभर र इमालडोलका गाडी मुनीबाट चल्ने

ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ बन्ने भएको छ। शुक्रबार सुरु हुने सो काम दुई वर्षभित्र निर्माण सम्पन्न हुने छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको  लम्बाइ चार सय ५५ मिटरको हुनेछ।  फ्लाइओभरको उचाइ छ मिटरको हुने छ।

नेपालभ्युज

ग्वार्को चोकमा ‘फ्लाइओभर’ बन्दै, चक्रपथका गाडी फ्लाइओभर र इमालडोलका गाडी मुनीबाट चल्ने

काठमाडौं। ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ बन्ने भएको छ। शुक्रबार शुरु हुने सो काम दुई वर्षभित्र निर्माण सम्पन्न हुने छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको  लम्बाइ चार सय ५५ मिटरको हुनेछ।  फ्लाइओभरको उचाइ छ मिटरको हुने छ।

सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ। निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन्।

१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएको छ।
गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए। डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गर्न लागेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved