विश्वकप क्रिकेट लिग-२ : नेपाल स्कटल्याण्डसँग पराजित

नेपालले कसिलो बलिङ गरेतापनि जितको लागि पर्याप्त हुन सकेन।

नेपालभ्युज

विश्वकप क्रिकेट लिग-२ : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं। विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।

नामिबियाको युनाईटेड क्रिकेट क्लबमा आइतबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको हो।

नेपालले कसिलो बलिङ गरेतापनि जितको लागि पर्याप्त हुन सकेन।

१३८ रनको लक्ष्यमा स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाएर भेटायो।

स्कटल्याण्डको लागि क्रिस्टोफर म्याकब्राईडले सर्वाधिक ४३ र माइकल लीस्कले २२ रन र नेपालको लागि गुल्सन झा, ललित राजवंशी र सागर ढकालले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा अलआउट हुँदा १३७ रन बनायो। नेपालका लागि गुल्सन झाले २९ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए।

ओपनर आसिफ शेख २.४ ओभरमा ७ रनमा र अर्जुन साउदले १२.३ ओभरमा १८ रनमा आउट भए। अन्य खेलाडीले सामान्य रन प्रदर्शन गरे।

स्कटल्याण्डको लागि क्रिश सोलले ३ तथा ब्रान्डन म्याककुलन र मार्क वाटले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved