लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पुग्ने, भुईँमा टेके पनि पास

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ। मंसिर १८ गते (आइतबार) देखि यो नियम लागु हुनेछ।

नेपालभ्युज

लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पुग्ने, भुईँमा टेके पनि पास
फाइल तश्वीर

काठमाडौं। बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ। मंसिर १८ गते (आइतबार) देखि यो नियम लागु हुनेछ।

बागमती प्रदेशले यस सम्बन्धमा आफ्नो सबै यातायात कार्यालयमा परिपत्र समेत गरेको अधिकृत चौलागाईंले जनाए।
प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ।

यसको अंकभार घुमाउरो आठ– २० अंक, साँघुरो फलेक– १० अंक, युटर्न– १० अंक, ट्राफिक संकेत– १५ अंक, बम्प्स (उबडखाबड)– १५ अंक, उकालो– २० अंक, परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन– १० अंक आउने छ।

यसरी घट्छ अंक

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ। एकपटकसम्म खुट्टाले भुईँ टेकेमा थप ५ अंक घट्ने छ। युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ। उबडखाबडमा एक पटकसम्म भुईँमा टेकेमा ५ अंक घट्ने छ।

एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ। सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ।

यसो नगरे ३ अंक घट्नेछ। हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ। असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

यस्तो छ फेल हुने अवस्था

एक पटक भन्दा बढी भुईँमा टेके अर्थात् स्टार्ट बन्द भएमा, एक पटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुईँमा टेकेमा फेल हुने नियम छ। यो नियम बागमती प्रदेशमा मात्र लागु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved