स्मार्टच्वाइस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

नेपालभ्युज

स्मार्टच्वाइस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा वुधवार आयोजित एक विशेष कार्यक्रमका बीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता आदान-प्रदान गरे ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतापछि शुलभ पे (एन क्यास वालेट) प्रयोगकर्ताले शुलभ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने शुलभ पेमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved