काठमाडौं। मतदान भएको १० दिनपछि मतगणना सुरु भएको स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन्।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन्। सुरूआती अग्रता लिएकी अर्याललाई गुरुङले ६५४ मतले पछि पारेका छन्।
पछिल्लो परिणाम अनुसार गुरुङले तीन हजार ९०१ मत प्राप्त गरेका छन् भने अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छिन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकाराम गुरुङले ७६१ मत ल्याएका छन्। कुल ७० हजार १९१ मत खसेकोमा अहिलेसम्म आठ हजार ४६५ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए।
Facebook Comment
Comment