सुनसरीमा १ को रोचक भिडन्त सकियो, ‘घण्टी’की गोमालाई हराएर जसपाका अशोक राई विजयी

नेपालभ्युज

सुनसरीमा १ को रोचक भिडन्त सकियो, ‘घण्टी’की गोमालाई हराएर जसपाका अशोक राई विजयी

सुनसरी। सुनसरीमा १ को रोचक चुनावी भिडन्त सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै रोचक भिडन्त सकिएको हो ।

पछिल्ला तीन दिन गोमा र अशोकबीच झिनो मतले अग्रताको लुकामारी चलिरहेको थियो । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ र अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved