विश्वकप फुटबल : वेल्स र इरान दोस्रो खेलमा पहिलो जित खोज्दै

नेपालभ्युज

विश्वकप फुटबल : वेल्स र इरान दोस्रो खेलमा पहिलो जित खोज्दै

काठमाडौं। विश्वकप फुटबलमा शुक्रबार समूह ‘बी’ मा वेल्स र इरानबीच प्रतिस्पर्धा हुँदैछ । अहमद बिन अली रंगशालामा हुने खेलमा वेल्स र इरान नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आमने सामने हुनेछन्।

यसअघि, सन् १९७८ मा एक मैत्रीपूर्ण खेलमा इरान र वेल्स आमने सामने भएका थिए। सो खेलमा वेल्सले इरानलाई १–० को पराजित गरेको थियो।

६४ वर्षपछि विश्वकपमा पुगेको वेल्स पहिलो जितको खोजीमा रहेको छ। यसअघि अमेरिका र वेल्सबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

इरान पनि आफ्नो पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा इरान इङ्ल्यान्डसँग ६–२ गोलअन्तरले पराजित भएको थियो। वेल्स १ अङ्कसहित दोस्रो स्थानमा छ भने अङ्कविहीन इरान पुछारमा छ ।

वेल्समा ग्यारेश बेल, आरोन रामसे र जो एलेन अनुभवी खेलाडीको त्रिमूर्तीको रूपमा रहेका छन्। यी ३ को राम्रो साझेदारी इरानको लागि चुनौती बन्न सक्छ।

तर, यसको सम्भावना न्यून देखिन्छ। करिब एक महिनाअघि एलेन ह्यामस्ट्रिङ चोट ग्रसित भएका थिए। गत सेप्टेम्बरमा राम्सेको पनि ह्यामस्ट्रिङ र खुटामा चोट लागेको थियो। बेलको पनि खुट्टामा चोट लागेको छ। तसर्थ, त्रिमूर्तीको उत्कृष्ट प्रस्तुतिको अभाव हुन सक्छ।

पोर्चुगल फुटबल लिगका सर्वाधिक गोलकर्ताको रुपमा परिचित महेदी तरेमी इरानको उत्कृष्ट प्रदर्शनमा जोड दिने देखिन्छन्। तरेमी सरदार अजमोन र अलिरेजा जहाँबख्शसँगै इरानको फ्रोन्टलाइनलाई बलियो बनाउने देखिन्छन् । कतारमा १८ महिना खेलेको अनुभव भएको तरेमीले इङ्ल्यान्ड विरुद्धको खेलमा २ गोल गरेका थिए।

इरान र वेल्सबीच फर्मेशन तथा जवाफी हमलामा समानता देखिन्छ। साथै दुवै टोलीमा तीव्र गतिको विङ्गरहरूको उपस्थितिले खेल रोमाञ्चक बन्ने सम्भावना प्रबल छ।

समूह ‘बी’ मा इरान, वेल्स, अमेरिका र इङ्ल्यान्ड रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved