महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

नेपालभ्युज

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी। महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी  निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेस लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत प्राप्त गरे  ।

यस्तै, नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved