सर्लाही ३ मा ७७० मतान्तरले एमालेका हरिप्रसाद उप्रेती विजयी

नेपालभ्युज

सर्लाही ३ मा ७७० मतान्तरले एमालेका हरिप्रसाद उप्रेती विजयी

काठमाडौं। सर्लाहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई सात ७७० मतान्तरले पराजित गर्दै उप्रेती विजयी भएका हुन्। उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरे भने उनका निकट्तम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका साहले ३२ हजार १६८ मत पाएका छन्।

यस्तै जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार ५१९ मत ल्याएका छन्। उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अब जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा तथा २ को प्रदेशसभा (२) को मत परिणाम सार्वजनिक हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved