खोटाङमा माओवादी नेता रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

२०६४ मा पहिलो संविधान सभा सदस्य र ०७४ को प्रदेश सभा सदस्यमा निर्वाचित राईले तेस्रोपटक खोटाङे जनताको प्रतिनिधित्व गर्दैछन् । यसबीचमा उनी प्रदेश नं. १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीसमेत बने ।

नेपालभ्युज

खोटाङमा माओवादी नेता रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

खोटाङ । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकाे खोटाङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै राई निर्वाचित भएका हुन् ।

निर्वाचित राईले ३१ हजार ३५१ मत प्राप्त गर्दा भट्टराई २८ हजार ६८२ मतमै सीमित हुनुपर्‍यो । ०७४ मा भने यहाँबाट भट्टराई नै निर्वाचित भएका थिए । त्यसबेला उनी संसदीय दलका प्रमुख सचेतकसमेत बने । अहिले उनी केन्द्रीय सदस्यको भूमिकामा छन् ।

२०६४ मा पहिलो संविधान सभा सदस्य र ०७४ को प्रदेश सभा सदस्यमा निर्वाचित राईले तेस्रोपटक खोटाङे जनताको प्रतिनिधित्व गर्दैछन् । यसबीचमा उनी प्रदेश नं. १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीसमेत बने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved