मकवानपुर-१ बाट आश्चर्यजनक रुपमा राप्रपाका सिंह विजयी, डिना र कमल थापा पराजित

मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका सिंहले अन्तिमतिर एकाएक धेरै मत ल्याएका थिए । अन्त्यमा उनले २ हजार ३९३ मतान्तरमा जितेका हुन् । 

नेपालभ्युज

मकवानपुर-१ बाट आश्चर्यजनक रुपमा राप्रपाका सिंह विजयी, डिना र कमल थापा पराजित

हेटौडा । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंहले आश्चर्यजनक रुपमा जित निकालेका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका सिंहले अन्तिमतिर एकाएक धेरै मत ल्याएका थिए ।

अन्त्यमा उनले २ हजार ३९३ मतान्तरमा जितेका हुन् । उनले नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गरे । सिंहले  उनले २७ हजार ८१६ हजार मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी डीनाले २५ हजार ४२३ मत मत मात्रै ल्याइन ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । मकवानपुरमा यसअघि २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले जित निकालेका थिए । त्यसयता राप्रपा पहिलो पटक विजयी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved