सुर्खेत २ कांग्रेसका हृदयरामलाई पछ्याउँदै एमालेका अमृत

नेपालभ्युज

सुर्खेत २ कांग्रेसका हृदयरामलाई पछ्याउँदै एमालेका अमृत

काठमाडौं ।  सुर्खेत  २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम गरेका छन् ।

७७९१ मत गणनाकाे परिणाम अनुसार थानीले ३ हजार ८१८ ले अग्रता लिएका हुन । थानीलाई एमालेका अमृतबहादुर बुढा क्षेत्रीले  २ हजार ६९५ मतसहित पछ्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनारा  ४८९ मत सहित तेस्रो स्थानमा रहेका छन् भने  राप्रपाका भिमबहादुर शाहीले २६४ मत ल्याएका छन् ।

कर्णालीका चारवटा जिल्लामा मतगणना जारी छ । जसमध्ये दैलेख  १ मा नेकपा एमाले, सल्यानमा नेकपा (एकीकृत समाजवादी), सुर्खेत २ मा नेपाली कांग्रेस र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)​ले अग्रता कायम गरिरहेका छन् ।

कर्णालीमा प्रतिनिधिसभाका १२ निर्वाचन क्षेत्र रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved