रुपन्देही १ मा छविलाल अगाडी, मतान्तर घटाउँदै घनश्याम

नेपालभ्युज

रुपन्देही १ मा छविलाल अगाडी, मतान्तर घटाउँदै घनश्याम

बुटवल । रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका छविलाल विश्वकर्माको अग्रता कायमै छ । १३३४ मतगणना हुँदा उनले २९२ मत पाएका छन् ।

यसअघि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल दोस्रो स्थानमा उक्लिएका छन् । त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका भुसाललाई सत्ता गठबन्धनको समर्थन छ ।

यो क्षेत्रमा जनमत पार्टीका कैलाश गुरुङले २३०, नागरिक उन्मुक्ति पार्टीका धनिराम चाैधरीले २२५ र  राष्ट्रिय स्वतन्त्र पार्टीका नर बहादुर पछाईले १५६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved