मतदान सुरु, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्राथमिकता दिन आयोगको आग्रह

मतदानको लागि मतदाता नामावलीमा नाम हुनैपर्नेछ । तर मतदाता परिचयपत्र हराएमा भने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी पूर्जा देखाएर पनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

नेपालभ्युज

मतदान सुरु, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्राथमिकता दिन आयोगको आग्रह

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । ७ बजेसँगै मतदान केन्द्रमा मतदाताको चहलपहल बढेको छ । ठाउँ ठाउँमा मतदाताको लाइन देख्न सकिन्छ ।

मतदानको लागि मतदाता नामावलीमा नाम हुनैपर्नेछ । तर मतदाता परिचयपत्र हराएमा भने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी पूर्जा देखाएर पनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved