मतदातालाई आयोगको सन्देश- अवाञ्छित गतिविधि हुँदैन, ढुक्क भएर मतदान गर्नुस्

‘अवाञ्छित गतिविधि हुँदैन । तपाईंहरूले ढुक्क भएर मतदान गर्नुस् ।’

नेपालभ्युज

मतदातालाई आयोगको सन्देश- अवाञ्छित गतिविधि हुँदैन, ढुक्क भएर मतदान गर्नुस्

काठमाडौं । निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । मतदानको अघिल्लो दिन शनिवार (आज) आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘अवाञ्छित गतिविधि हुँदैन, हुन दिँदैनौँ । तपाईंहरू मतदान केन्द्र पुगेर ढुक्क भइ मतदान गर्नुस् ।’

त्यसअघि उनले भने, ‘मतदानका दिन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्नबाट रोक्ने वा आफ्नो प्रभावमा पार्न खोज्ने, मतदाताहरूलाई गौँडा छेकी अवाञ्छित कार्य गर्ने, मतपत्र खोस्ने, मतसंकेत सार्वजनिक गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्न खोज्ने जोकोहीलाई कानूनअनुसार कारबाही हुन्छ र यसो हुन नदिन संयन्त्र परिचालन गरेको छ आयोगले । सम्पूर्ण मतदाताहरूले मतदान केन्द्र गएर ढुक्कले आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहुन्छ ।’

उनले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई कसैको लालच वा डर-धम्कीमा नपर्नसमेत आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved