ठप्प भयो नेपाल एयरलाइन्सको आन्तरिक उडान

नेपालभ्युज

ठप्प भयो नेपाल एयरलाइन्सको आन्तरिक उडान

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्विनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ ।

काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए ।

आन्तरिक उडानमा उडानयोग्य एकमात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडानसमेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।

निगमसँग आन्तरिक उडानमा तीन थान ट्विनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved