कल्पना धमलालाई एउटा राम्रो मन्त्री बनाउँछु : प्रचण्ड

नेपालभ्युज

कल्पना धमलालाई एउटा राम्रो मन्त्री बनाउँछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं – ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कल्पना धमलालाई राम्रो मन्त्री बनाउने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ९ स्थित नागार्जुन नगरपालिका, डाँडापौवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  प्रचण्डले धमलाले चुनाव जिते मन्त्री बनाउने घोषणा गरेक हुन् ।  उनले भने, ‘उहाँ (कल्पना धमला) लाई मन्त्रिपरिषदको एउटा राम्रो मन्त्री बनाएर तपाईंहरुको विकास र समृद्धिको निम्ति अगाडि ल्याउने छु।’

धमला स्पष्ट भिजन र मिसनका साथसाथै आँटिली नेतृ भएको बताउँदै उनले समानुपातिकमा नभई प्रत्यक्षमा नै चुनाव लड्ने इच्छा राखेको समेत खुलासा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved