चितवनमा माओवादीका उम्मेदवारको गाडीमा आगजनी

नेपालभ्युज

चितवनमा माओवादीका उम्मेदवारको गाडीमा आगजनी
फाइल तश्वीर

चितवन। चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको गाडीमा आगजनी भएको छ । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीमा आगजनी भएको हो । आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले बताएका छन् । आगजनीबाट गाडीमा आंशिक क्षति पुगेको छ।

ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार हुन् ।  मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले गाडीमा पेट्रोल छर्केर आगो लगाई भागेका ढकालले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved