मेरो प्रतिस्पर्धी कोही छैन, घनश्याम भुसालमा राजनीतिक चरित्र छैन- छविलाल विश्वकर्मा

नेपालभ्युजसँगको अन्तरवार्तामा सोही क्षेत्रका उम्मेदवार उनले राप्रपा र जसपाले पनि आफूलाई सहयोग गरेकाले जित्ने दाबी गरे। अरू दलको उम्मेदवार नहुँदा आफ्नो प्रतिस्पर्धी कोही नभएका उनले बताए। आफ्ना प्रतिस्पर्धी घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको आरोप लगाए।

नेपाल भ्युज

बुटवल। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले रुपन्देही–१ को प्रतिनिधिसभा सदस्य पदमा एमालेबाहेक अरू ठुला दलको उम्मेदवार नै नभएकाले आफूले स्वतः जित्ने दाबी गरेका छन्।

नेपालभ्युजसँगको अन्तरवार्तामा सोही क्षेत्रका उम्मेदवार उनले राप्रपा र जसपाले पनि आफूलाई सहयोग गरेकाले जित्ने दाबी गरे। अरू दलको उम्मेदवार नहुँदा आफ्नो प्रतिस्पर्धी कोही नभएको उनले बताए।

सत्ता सत्ता गठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासंग तालमेल गर्नुपरेको बताए।
साथै उनले आफ्ना प्रतिस्पर्धी घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको आरोप लगाए। एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक–पटक धोका दिएको आरोपसमेत विश्वकर्माले लगाए।

रुपन्देही–१ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन्। आफूलाई दलाल पुँजीवादको विरोधी भन्ने भूसालले दलाल पुँजीवादको अगुवा कांग्रेस र माओवादीसँग साँठगाँठ गरेर आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved