बझाङ केन्द्र बनाएर गयो भूकम्प, भारतको दिल्लीसम्म कम्पन

नेपालभ्युज

बझाङ केन्द्र बनाएर गयो भूकम्प, भारतको दिल्लीसम्म कम्पन

काठमाडौं । सुदूरपश्चिममा फेरि भूकम्प गएको छ । बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

शनिबार राति ८ बजेर १२ मिनेटमा दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार दार्चुलासहित सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको  छ । भूकम्पले भारतको दिल्लीसम्म हल्लाएको छ ।

यसअघि  मंगलवार राति डाेटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाकाे मृत्यु भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved