सहरका अव्यवस्थित तार हटाउने अभियान सुरु

नेपालभ्युज

सहरका अव्यवस्थित तार हटाउने अभियान सुरु

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आजदेखि पुनः सहरका अव्यवस्थित तार व्यवस्थान गर्न सुरु गरेको छ । आईस्पानले सिंहदरबार वरपरका क्षेत्रबाट तार व्यवस्थापनको काम थालनी गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय (काठमाडौं उपत्यका), नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूको सहकार्यमा बिहान ८ बजेदेख तार व्यवस्थापन कार्य सुरु भएको आईस्पानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास खड्काले जानकारी दिए ।

‘अतिआवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तारहरूलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी शहर सौन्दर्यता र जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर आईस्पानले देशका विभिन्न ठाउँमा अल्पकालीन समाधानबाट तार व्यवस्थापन गर्दै आएको छ,” उनले भने, ‘हाल पुतलीसडक, न्यु प्लाजा हुँदै बग्गीखाना क्षेत्रका तारको व्यवस्थापनकाे काम सम्पन्न भएकाे छ ।’

साथै, तार व्यवस्थापन कार्यले इन्टरनेट सेवामा कुनै असर नपुगेको समेत उनले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved