बलात्कार आरोपमा पक्राउ परेका श्रीलंकन क्रिकेटर दानुष्का निलम्बित

नेपालभ्युज

बलात्कार आरोपमा पक्राउ परेका श्रीलंकन क्रिकेटर दानुष्का निलम्बित

काठमाडौं । श्रीलङ्का क्रिकेटले दानुष्का गुणथिलकालाई निलम्बन गरेको छ । अष्ट्रेलियाको सिडनीमा एक महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेसँगै दानुष्का निलम्बित भएका हुन् ।

श्रीलङ्का क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दानुष्कालाई तत्काल लागु हुने गरी सबै क्रिकेटबाट निलम्बन गरेको उल्लेख गरिएको छ ।

साथै निष्पक्ष छानबिन प्रक्रियामा अष्ट्रेलियाको कानुनी प्रशासनलाई आवश्यक सहयोग गर्ने पनि श्रीलंकाले जनाएको छ ।

बुधबार एक होटलमा २९ वर्षीया महिलामाथि यौन दूर्व्यवहार गरेको आरोपमा दानुष्कालाई पक्राउ गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved