प्रचण्डले मंगलबार कर्णालीका चुनावी सभालाई सम्बोधन गर्ने

नेपालभ्युज

प्रचण्डले मंगलबार कर्णालीका चुनावी सभालाई सम्बोधन गर्ने

सुर्खेत। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णालीका तीन जिल्लाका चुनावी सभालाई भोली (मंगलबार) सम्बोधन गर्ने भएका छन् । कालिकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारुढ गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार बिहान ९ बजे सुर्खेत आउने, सुर्खेतबाट ९ः५० बजे जुम्ला, जुम्लाबाट हुम्लाको सर्केगाडमा ११ः१० मा जाने तालिका रहेको माओवादी केन्द्रका नेता मनऋषि धितालले बताए ।

यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १ः३० मा कालिकोटमा मान्ममा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डका साथमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved