जसपाको प्रतिबद्धता पत्र- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)

जसपाले देशमा समाजवाद उन्मुख सामाजिक, शैक्षिक, आर्थिक राजनीतिक, सांस्कृतिक कार्यक्रमहरू कार्यान्वयन गरी विद्यमान आर्थिक असमानता जात, जातीय र वर्गीय विभेद समाप्त गर्न आफ्नो पार्टीलाई मत दिन आह्वान गरेको छ ।

नेपालभ्युज

जसपाको प्रतिबद्धता पत्र- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । जसपाले शनिवार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै यस्तो शासकीय स्वरूपको परिकल्पना गरेको हो ।

प्रतिबद्धतापत्रमा भनिएको छ— ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने, प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’

जसपाले देशमा समाजवाद उन्मुख सामाजिक, शैक्षिक, आर्थिक राजनीतिक, सांस्कृतिक कार्यक्रमहरू कार्यान्वयन गरी विद्यमान आर्थिक असमानता जात, जातीय र वर्गीय विभेद समाप्त गर्न आफ्नो पार्टीलाई मत दिन आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved