स्थानीय चुनावमा माओवादीले गोरखामा धेरै तह जितेकाले म पनि त्यहीँबाटै उठेँ- प्रचण्ड

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षणमा प्रचण्डले अरू क्षेत्रभन्दा गोरखा सुरक्षित देखेकाले त्यहीँबाट उम्मेदवार भएको खुलाएका हुन्।

नेपालभ्युज

स्थानीय चुनावमा माओवादीले गोरखामा धेरै तह जितेकाले म पनि त्यहीँबाटै उठेँ- प्रचण्ड

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा स्थानीय तह चुनावमा माओवादीले धेरै ठाउँमा जितेकाले आफू पनि त्यही उम्मेदवार भएको खुलासा गरेका छन्। गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षणमा प्रचण्डले अरू क्षेत्रभन्दा गोरखा सुरक्षित देखेकाले त्यहीँबाट उम्मेदवार भएको खुलाएका हुन्।

४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रचण्ड प्रतिनिधिसभातर्फ गोरखा २ का प्रत्यक्ष उम्मेदवार हुन्। माओवादीका गोरखाका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘‘तपाईँहरूको स्थानीय तहमा राम्रो परिणाम ल्याइदिएकाले पनि म त्यहाँ उम्मेदवार भएँ। तपाईँहरूले पार्टीको लागि राम्रो मत ल्याउन राम्रो काम गर्नुभयो। त्यसको लागि तपाईँहरूलाई धन्यवाद छ।’’

२०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस गोरखामा २ स्थानीय तहमा सीमित भएको थियो । यसअघि २ मा सीमित भएको माओवादी यस पटक २ नगरपालिकासहित ९ मा जित हात पार्न सफल भएको थियो।

आउँदो चुनाव जित्ने र जिताउने भन्ने कुरामा मात्र नभई प्रतिगमनतिर लैजान चाहनेविरुद्ध विजय यात्रासँग सम्बन्धित रहेको समेत प्रचण्डले जिकिर गरे।

आफूलाई बदनाम गर्न केही तत्त्व जनयुद्धदेखि लागिरहेको भन्दै भ्रम तोडिरहेको उनले बताए। आफू गोरखाबाट चुनाव लड्नु भनेको पार्टी पुन: निर्माणको अभियान रहेको उनले बताए। ‘‘रोल्पा र काठमाडौँबाट चुनाव लड्दा जित्नको लागि थिएन। सिरहा जानुको उदेश्य पनि चुनाव जित्नु थिएन। नेपालको राष्ट्रिय एकतालाई मजबुत बनाउनको लागि र मधेशको जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन म सिरहा गएको थिएँ। त्यो ठुलो सन्देश थियो’’ प्रचण्डले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved