प्रधानमन्त्री देउवालाई आफ्नै खर्चमा डडेल्धुरा जान आयोगको स्वीकृति

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई आफ्नै खर्चमा डडेल्धुरा जान आयोगको स्वीकृति

काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरी डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो ।

सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक लगाइएको होइन । सरकारी स्रोत साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुनेगरी चुनाव प्रचारका लागि जान अनुमति दिइएको हो ।’

आयोगले सोही अनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ । आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved