टीभीएसमा भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

नेपालभ्युज

टीभीएसमा भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ पर्वहरूलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ ।

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो किन्नुहोस् टीभीएसमा कुनै पनि दुई पांग्रे सवारी साधन । यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा १० लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन आजै किन्नुहोस् टीभीएसका कुनै पनि दुई पांग्रे सवारी साधन ।

यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले Realme C30 Smart Phone  र २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरू पनि यस योजनामा समावेश छन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्रान्डका रूपमा स्थापित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved