आयोगको निर्देशन- १०/१० वटा झण्डा र चुनाव चिन्ह मात्रै प्रयोग गर्नुस्

नेपालभ्युज

आयोगको निर्देशन- १०/१० वटा झण्डा र चुनाव चिन्ह मात्रै प्रयोग गर्नुस्
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले चुनावी अभियानमा प्रयोग गर्न सकिने प्रचारमा प्रचार सामग्रीको सीमा तोकेको छ । बिहीबार राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै आयोगले भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३/४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने ।’

आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने स्पष्ट पारेको छ ।

चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पनि आयोगले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved