लागुऔषधसहित विभिन्न स्थानबाट ३ जना पक्राउ

नेपालभ्युज

काठमाडौं। अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेका २६ वर्षीय दानबहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन्।

प्रहरीले बुधबार दिउँसो  उनीहरूबाट १ केजी ९ सय ग्राम गाँजासहित पक्राउ गरेको हो।

प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved