दर्शनार्थी चढेको हेलिकप्टर केदारनाथ मन्दिर नजिकै दुर्घटना

नेपालभ्युज

दर्शनार्थी चढेको हेलिकप्टर केदारनाथ मन्दिर नजिकै दुर्घटना

काठमाडौं । भारतको उत्तराखन्डस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर नजिक गरुडचट्टी भन्ने स्थानमा मंगलबार दिउँसो हेलिकप्टर जमिनमा खसेर विष्फोट भएको हो ।

दुर्घटनास्थलमा उद्दारकर्मी पुगेका छन् । खराब मौसमका कारण दुर्घटना भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । निजी कम्पनीको उक्त हेलिकप्टरमा छजना दर्शनार्थी र एक पाइलट सवार रहेको बताइएको छ । प्रत्यक्षदर्शीले ठुलो आवाज सुनेपछि सरकारी अधिकारीलाई यसबारे सूचना दिएका थिए ।

हेलिकप्टर केदारनाथबाट यात्री लिएर फर्कदै गर्दा केहीबेरमै दुर्घटनामा परेको बताइएको छ । उद्दारमा सक्रिय अधिकारीहरुले हेलिकप्टरमा सवार सबैको मृत्यु भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved