जजिरा एयरवेजद्वारा उडान कटौती, अबौं खर्च गरेर बनाइएको विमानस्थल सुनसान

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेजले उडान कटौती गरेको छ। पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएपछि पछि यात्रु घटेपछि उडान कटौती गरेको हो।

नेपालभ्युज

जजिरा एयरवेजद्वारा उडान कटौती, अबौं खर्च गरेर बनाइएको विमानस्थल सुनसान

काठमाडौं। भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेजले उडान कटौती गरेको छ। पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएपछि पछि यात्रु घटेपछि उडान कटौती गरेको हो।

२ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान शुरु गरेको थियो। तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरू अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ।

जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटा मात्रै उडान भएको जानकारी दिए।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जजिरा एयरवेज पहिलो कम्पनी हो। अन्तर्राष्ट्रिय उडान शुरु भएको ५ महिना बितिसक्दा पनि श्रम, स्वास्थ्य परीक्षणलगायतका काम गर्न काठमाडौं नै जानुपर्ने बाध्यता छ। यात्रुहरू काठमाडाै‌मा श्रम, स्वास्थ्य परिक्षण लगायतका काम सम्पन्न गरी त्यतैबाट उड्ने क्रम बढी रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले बताए। जजिराले उडानमा कटौती गरेपछि अबौं खर्च गरेर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल थप सुनसान बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved