सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यक्रम गर्ने, यस्तो छ कार्यतालिका

नेपालभ्युज

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यक्रम गर्ने, यस्तो छ कार्यतालिका
फाइल तश्वीर

 काठमाडौं । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले शनिबार संयुक्त विज्ञप्ति निकालेर प्रदेशस्तरीय भेलाको जानकारी दिएका हुन् ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

६ गते धनगढी र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय भने नेकपा माओवादी केन्द्रले गर्नेछ ।

गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved