प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलसँग क-कसले गर्दैछन् प्रतिस्पर्धा

नेपालभ्युज

प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलसँग क-कसले गर्दैछन् प्रतिस्पर्धा

काठमाडौं। प्युठानमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्रतिनिधिसभामा उम्मेदवार बनेकी छन् । उनी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । प्रतिनिधिसभा सदस्यमा दोहोरिने दाउमा रहेकी पौडेललाई गठबन्धनको साथले ढाडस दिएको छ ।

उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले सूर्यबहादुर थापा क्षेत्रीलाई पहिलोपटक संघीय संसदका लागि  उम्मेदवार बनाएको छ । यहाँ राप्रपाले पनि उनीविरुद्ध प्रतिस्पर्धा गर्न होमबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी मालेबाट माधव सिं केसी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनबहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णप्रसाद पोख्रेल र स्वतन्त्र उम्मेदवार दानप्रसाद सुवेदी पनि यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved