रौतहट ३ मा गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने

एमालेबाट पाएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्तारुढ गठबन्धनले सहयोग गर्ने भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा उनी उम्मेदवार छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो।

नेपालभ्युज

रौतहट ३ मा गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने

काठमाडौं। एमालेबाट पाएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्तारुढ गठबन्धनले सहयोग गर्ने भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा उनी उम्मेदवार छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो।

माओवादीका पूर्व नेता शाह एमाले आएका थिए। एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो। तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललको उम्मेदवारी निस्किृय गराउन लागिएको हो। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved