दलको विकल्प दल हुन्छन्, स्वतन्त्र हुँदैनन्ः बाबुराम भट्टराई

नेपालभ्युज

दलको विकल्प दल हुन्छन्, स्वतन्त्र हुँदैनन्ः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलको विकल्प दल मात्रै हुन सक्ने बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा वाम लोकतान्त्रिक गठबन्धनले सुरु गरेको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै भट्टराईले पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने जोखिम औंल्याएका हुन् । उनले यस्तो प्रवृत्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाए ।

नागार्जुन-४ स्थित बाफलमा प्रचार कार्यालय शुभारम्भ गर्दै उनले संविधान, लोकतन्त्र र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । ‘प्रतिक्रान्तिविरूद्ध निर्माण भएको वाम लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वाभाविक छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved