प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच जङ्गी अड्‍डामा भेटघाट

नेपालभ्युज

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच जङ्गी अड्‍डामा भेटघाट

काठमाडौं। आज मिति २०७९ असोज २५ गते प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ । पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो ।

उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामनासमेत दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved