रुस-युक्रेन युद्ध : जापोरिज्जिया क्षेत्रमा १७ जनाको मृत्यु, ४० जना घाइते

नेपालभ्युज

रुस-युक्रेन युद्ध : जापोरिज्जिया क्षेत्रमा १७ जनाको मृत्यु,  ४० जना घाइते
फाइल फोटो

किभ । युक्रेनको जापोरिज्जिया क्षेत्रमा शनिबार रकेट प्रहार हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका छन् । जापोरिज्जियाका कार्यवाहक मेयर अनातोली कुर्तेभले आक्रमणमा पाँचवटा घर ध्वस्त भएको र अपार्टमेन्ट भवनमा क्षति पुगेको बताएको सीएनएनले जनाएको छ ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुत सहर वरपर भीषण युद्ध भइरहेको बताएका थिए।

व्यापक क्षेत्रको एक भाग रुसी सेनाद्वारा कब्जा गरेको छ । रुसले युक्रेनका चार क्षेत्र डोनेस्क, लुहान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रलाई गाभेको घोषणा गरेपछि मस्को र किभबीचको युद्ध चर्किएको छ ।

रुस र युक्रेनबीचको युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । किभले मस्कोको कब्जामा ठूलो धक्का दिएपछि यसले देशको दक्षिणी भागमा रहेको खेरसन क्षेत्रको २४ सय वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको एक वरिष्ठ युक्रेनी अधिकारीले शुक्रबार सीएनएनलाई जनाएको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved