कांग्रेसको असन्तुष्ट समूह र एमालेबीच तालमेल ! एमालेको समर्थनमा कांग्रेस नेता पोख्रेल बने स्वतन्त्र उम्मेदवार

नेकपा एमालेले आफ्ना उम्मेद्वार शान्ता चौधरीलाई ब्याक गराएर नेपाली कांग्रेसका नेता डा. गोविन्द पोख्रेललाई दाङ्गबाट स्वतन्त्र उम्मेद्वार बनाएको छ ।

नेपालभ्युज

कांग्रेसको असन्तुष्ट समूह र एमालेबीच तालमेल ! एमालेको समर्थनमा कांग्रेस नेता पोख्रेल बने स्वतन्त्र उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आफ्ना उम्मेद्वार शान्ता चौधरीलाई ब्याक गराएर नेपाली कांग्रेसका नेता डा. गोविन्द पोख्रेललाई दाङ्गबाट स्वतन्त्र उम्मेद्वार बनाएको छ ।

प्युठानबाट उम्मेद्वारीको आकांक्षा गरेका पोख्रेललाई पार्टीले टिकट नदिएपछि एमालेले उनका लागि दाङ्गको क्षेत्र नम्बर एक खाली गराएको हो । सो क्षेत्रमा गठबन्धनका साझा उम्मेद्वार नेकपा समाजवादीका मेटमणि चौधरी छन् ।

कांग्रेसको शेखर कोइराला समूहका डाक्टर पोखरेललाई सघाउने सहमति भएको एमाले महासचिव शंकर पोख्रेलले पुष्टि गरेका छन् ।

कांग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल भएकाले शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ खाली गराइएको पोख्रेलको भनाई छ ।

कांग्रेसको विद्रोही समूहसँग भएको सहमति अनुसार प्यूठानमा पोख्रेल समूहले एमाले उम्मेद्वार सूर्य थापालाई सघाउने छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व अध्यक्ष पोखरेल प्युठानबाट यसअघि जनमोर्चाकी दुर्गा पौडेलसँग चुनाव हारेका थिए ।

पोखरेललाई एमालेले समर्थन गरेसँगै दाङ १ र २ नम्बर क्षेत्रमा शेखर गगन समूले एमालेलाई मत दिने आन्तरिक समझदारी भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved