अन्तर्राष्ट्रिय क्रिकेटका नियममा धेरै परिवर्तन, यस्ता छन् नयाँ नियम

बलरले बलिङ गर्दा दौडन थालेपछि कुनै पनि खालको अनुचित व्यवहार गरेमा अम्पायरले ‘डेड बल’ घोषणा गरेर ब्याटिङ गरिरहेको टिमलाई पाँच रन दिन सक्नेछ । कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्स्म्यान अब सिधै  स्ट्राइकमा पुग्नेछ । त्यतिबेलासम्म दौडिएर रन लिइसकेको भए पनि पुरानो ब्याट्स्म्यानले स्ट्राइक पाउनेछैन । 

नेपालभ्युज

अन्तर्राष्ट्रिय क्रिकेटका नियममा धेरै परिवर्तन, यस्ता छन् नयाँ नियम

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटका नियममा थुप्रै परिवर्तन गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले २०२२ अक्टोबर १ तारिखबाट लागू हुनेगरी नियम परिवर्तन गरेको हो ।

आईसीसीले परिवर्तन गरेका नियमहरू यस्ता छन् ।

  • कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्स्म्यान अब सीधै  स्ट्राइकमा पुग्नेछ । त्यतिबेलासम्म दौडिएर रन लिइसकेको भए पनि पुरानो ब्याट्स्म्यानले स्ट्राइक पाउनेछैन । 
  • बल चम्काउन थुक लगाउने कार्यमा स्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । कोरोना महामारीका कारण यस्तो गर्न अस्थायी रूपमा रोक लागेको थियो । अब यो नियम सधैंका लागि बनाइएको छ ।
  • टेस्ट र वनडेमा ब्याटिङ गर्न आउने खेलाडी दुई मिनेटभित्र स्ट्राइकका लागि तयार भइसक्नुपर्नेछ । टी-२० मा भने पहिलेदेखि रहेको डेढ मिनेटको समय यथावत् राखिएको छ ।
  • ब्याट्स्म्यान पिचभन्दा भित्र हुनु जरुरी हुनेछ । यदि ब्याट पिचभन्दा बाहिर भएमा अम्पायरले ‘डेड बल’ घोषित गर्नेछ । ब्याट्स्म्यान पिचभन्दा बाहिर जान बाध्य हुने अवस्था देखिए ‘नो बल’ हुनेछ ।
  • बलरले बलिङ गर्दा दौडन थालेपछि कुनै पनि खालको अनुचित व्यवहार गरेमा अम्पायरले ‘डेड बल’ घोषणा गरेर ब्याटिङ गरिरहेको टिमलाई पाँच रन दिन सक्नेछ । 
  • अहिलेको नियम अनुसार नन स्ट्राइकरलाई रन आउट गर्न सकिन्छ तर यसलाई ‘रन आउट फ्रम अनफ़ेयर प्ले’ भनिन्छ तर अबदेखि यसलाई पनि रनआउट नै भनिनेछ ।
  • अहिलेसम्म बल फाल्नुभन्दा पहिले ब्याट्स्म्यान क्रिजबाट बाहिर गएमा रन आउट गर्न सक्ने भए पनि अब रोक लागेको छ । अब यस्तो गरे ‘डेड बल’ मानिनेछ ।

 

यसबाहेक फिल्डिङमा पनि केही परिवर्तन भएको छ । फिल्डिङ गरिरहेको टिमले निर्धारित समयमा आफ्नो ओभर नगरेमा बाँकी बचेको समयमा एक अतिरिक्त फिल्डरलाई घेराभित्र राख्नुपर्ने नियम लागु हुनेछ । यो नियम टी-२० विश्वकपमा लागू हुने घोषणा भइसकेको छ । तर, अब सन २०२३ पछि सबै एकदिवसीय खेलमा पनि लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved