म निवासमै रोकिनुपर्‍यो : जबरा

नेपालभ्युज

म निवासमै रोकिनुपर्‍यो : जबरा

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू निवासमै रोकिनुपरेको बताएका छन्। प्रतिनिधिसभा नै नरहेपछि महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने भन्दै राणा आइतबार सर्वोच्च जाने तयारीमा थिए।

राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’ त्यसका लागि उनले सर्वोच्चमा सूचना पनि पठाइसकेका थिए। तर, आइतबारको उनको प्रयास भने सफल हुन सकेन।

राणाविरुद्ध  महाभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएपछि बार एसोसिएसनले उनलाई सर्वोच्च आउन रोक लगाउन अदालतको गेटमै धर्ना दिएका थिए ।

गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved