चोलन्द्र प्रकरण : प्रतिवेदनबारे समितिले शनिबार निर्णय गर्ने

नेपालभ्युज

चोलन्द्र प्रकरण : प्रतिवेदनबारे समितिले शनिबार निर्णय गर्ने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा महाअभियोग सिफारिस समितिले प्रतिवेदनबारे शनिवार बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको  समितिको बैठकपछि प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा  शनिवार  बस्ने बैठकले निर्णय गर्ने  जानकारी दिए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएको भन्दै भोलिनै त्यसलाई पनि अन्तिम रुप दिइने संचारकमर्मीहरुसँगको कुराकानीमा बताए ।

गौतमले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण  समितिलाई प्राप्त भएको र उनको  सम्पत्ति विवरणको सम्बन्धमा प्रतिवेदन लेखनका क्रममा छलफल हुने बताए ।

संसद् आगामी असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved