९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नेपालभ्युज

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौं। ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी राष्ट्रिय खेलकुद परिषद् राखेपका संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार भएको कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो। प्रतियोगितामा लागि सरकारले पहिलो पटक रनिङ ट्रफीको निर्माण गरेको छ। १० लाख रुपैँयाको लगानीमा बनाइएको सो ट्रफी ३ संस्करण जित्ने टोलीले स्थायी रुपमा राख्नु पाउनेछ।

ट्रफीलाई ३ विभागिय टोली र सात प्रदेश पुर्याइने छ। शुक्रबार साँझ ट्रफी सुदूरपश्चिमको धनगढी पुर्‍याइनेछ । ट्रफीको प्रदर्शनी शनिबार धनगढी रंगशालामा हुनेछ। असोज २ मा ट्रफी लुम्बिनीको एन्फा टेक्निकल सेन्ट र गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा प्रदर्शनीमा राखिनेछ।  बाग्मती प्रदेशको हेटौडामा असोज ३, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ र प्रदेश १ को विराटनगरमा असोज ८ गते ट्रफी प्रदर्शनी गरिनेछ। 

यस्तै, नेपाल प्रहरी मुख्यालय नक्साल तथा सशस्त्र प्रहरी हलचोकमा असोज ९ गते, कर्णालीको सुर्खेत, मधेश प्रदेशको रामजानकी मन्दिरमा असोज १३ र असोज २३ गते गण्डकी प्रदेशको पोखरा पुर्‍याइनेछ । 

टुरको नेतृत्व दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टले गर्दैछन्। टोलीमा अल्ट्रा म्याराथन धाविका मिरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का रहनेछन् । 

प्रतियोगिता भने असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। प्रतियोगिता अन्तर्गतको पुरुष टी–२० क्रिकेटको उपाधि विजेता भने आजै टुङ्गो लाग्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved