निर्वाचन सेलका संयोजक एआईजी थापाको सरुवा

नेपालभ्युज

निर्वाचन सेलका संयोजक एआईजी थापाको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी गठित निर्वाचन सेलका संयोजकसमेत रहेका थापाको सरुवासँगै सो सेलको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुँवरलाई दिइएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्द राज आचार्यले भदौ २३ बाट अवकाश पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved