संसद् पुनर्स्थापना गर्ने फैसला नै महाअभियोगको मुख्य जड : जबरा

नेपालभ्युज

संसद् पुनर्स्थापना गर्ने फैसला नै महाअभियोगको मुख्य जड : जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोगको मुख्य जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २८ असार २०७८ फैसला भएको बताएका छन् ।

जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदै आफूमाथि लागेका सबै आरोप सैद्धान्तिक भएको बताए ।

आफ्नो क्षमतामा भन्दा पनि विश्वसनीयतामा काम गर्न सकेन भन्ने आरोप लगाइएको भन्दै उनले भनेका छन्, ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्व अनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्ने वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।’

उनले प्रधानन्यायाधीशको गल्ती भए त्यही किसिमको कारबाही गर्नसमेत आग्रह  गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved