साल्ट ट्रेडिङले मनायो भव्य रूपमा ६० औँ वार्षिकोत्सव

दशैँअगाडि नै आफ्नै उद्योगबाट तोरीको तेल उत्पादन गर्दै

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६० औँ स्थापना दिवस मनाएको छ। कर्पोरेशनले सोमबार कालीमाटी स्थित आफ्नो केन्द्रीय कार्यालय परिसरमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो।

नेपालभ्युज

साल्ट ट्रेडिङले मनायो भव्य रूपमा ६० औँ वार्षिकोत्सव

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६० औँ स्थापना दिवस मनाएको छ। कर्पोरेशनले सोमबार कालीमाटी स्थित आफ्नो केन्द्रीय कार्यालय परिसरमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो। समारोह कार्यक्रम कर्पोरेशनका सञ्चालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा. नारायण प्रसाद रेग्मीको सभापतित्वमा भएको थियो।

सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राखिन्। उनले मन्तव्यमा कर्पोरेशनले आम उपभोक्ताहरूको हितलाई केन्द्रमा राख्दै व्यावसायिक क्रियाकलाप गर्दै आएको बताइन्।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै गराउने लक्ष्य लिई आफ्नो सेवा सेवा प्रारम्भ गरेको ५९ वर्ष पुरा गरेको बताउँदै उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको र भविष्यमा पनि अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

उनले भनिन् ‘‘कर्पोरेशनले आफ्नो प्रतिबद्धताअनुसार आम जनतालाई सुपथ एवम् सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तुहरूको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ। कर्पोरेशनले आपूर्ति र वितरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको छ भने भविष्यमा पनि अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।’’

उनले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम् अत्यावश्यक वस्तुहरूको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपूर्ति गर्दै आइरहेको प्रसङ्ग उल्लेख गर्दै निकट भविष्यमा आफ्नै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गइरहेको जानकारी समेत दिइन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफू बाढी पहिरोको प्रकोपका कारण गृहजिल्लामा रहेको र मौसम प्रतिकुलताले समारोहमा आउन नसकेको भन्दै पत्र पठाएका थिए। सो ब्यहोरासहितको पत्र र शुभकामना सन्देश कार्यक्रमका सभापति डा. नारायण रेग्मीले पढेर सुनाएका थिए।

जसमा मन्त्री बडुले कर्पोरेशनले लोककल्याणकारी कार्यमा अग्रसर रहँदै र उद्योग व्यापार मार्फत देशको आर्थिक क्रान्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका थिए। साथै प्रेषित पत्र मार्फत मन्त्री बडुले कर्पोरेशनले व्यापारमा विविधीकरण गर्दै आम उपभोक्ताको सेवामा समर्पित भएर लाग्दै आएकोमा प्रशंसा समेत गर्नुहुँदै ६० औँ वर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गरे।

समारोहमा बोल्दै साल्ट ट्रेन्डिङ कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेन्डिङ कर्पोरेशन लिमिटेड व्यवस्थापन समक्ष करारमा कार्यरत केही कर्मचारीहरूलाई स्थायी गर्न आग्रह गर्दै कर्पोरेशनको गेट भित्र छिरिसकेपछि सबैमा अपनत्वबोध हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै कर्पोरेशनका सञ्चालक समितिका सदस्य एवम् नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीको साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई समेत सघाउँदै आएको उल्लेख गर्नुहुँदै मन्त्रालयले आवश्यक परेको खण्डमा अझ थप दायित्व पनि सुम्पने बताए।

सोही अवसर माझ लक्ष्मीदास मानन्धर इटहरी स्थित निसहाय बालगृहलाई ताम्रपत्र सहित ७५ हजार राशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको थियो।

सम्मान ग्रहण गर्दै संस्थाको तर्फबाट संस्थापक गीता गौतमले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संस्थाले हालसम्म ३५ जना छोरीहरू अन्माईसकेको र कयौँ बालबालिकाहरू हुर्केर उच्च शिक्षाका लागि विदेश गएको जानकारी दिनुहुँदै कर्पोरेशनबाट सम्मानित हुन पाएकोमा गर्व महसुस भएको बताइन्।

त्यस्तै कर्पोरेशनले यस वर्षका लागि जनही रु ३० हजार राशीको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ विष्णु प्रसाद न्यौपाने, नन अधिकृत स्तरतर्फ तेज बहादुर कार्की र स्तरविहिन तर्फ राधेश्याम खडकालाई सम्मानित गरेको छ।
त्यस्तै जनही ३५ हजार राशीको ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागीय प्रबन्धक सबल रिजाल र सहायक स्तरमा काजी बहादुर पराजुली र सवारी चालक मङ्ल बहादुर लामालाई पुरस्कृत गरेको छ।

कर्पोरेशन अन्तर्गत कार्यरत कर्मचारीका छोरा छोरीहरू मध्ये गएको एसइई परीक्षामा सर्वोकृष्ट नतिजा पस्कन सफल तेज बहादुर कुँवरका छोरा पर्सव कुँवर र कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई क्रमशः अनङमान शेरचन र लोकनाथ जोशी छात्रवृत्ति प्रदान गरियो। उहाँहरूलाई २ वर्षसम्म मासिक ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो।

सोही अवसर माझ कर्पोरेशनमा २० वर्ष सेवा अवधि पुरा गरेका माया बिमली र सन्तोष सिग्देललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो भने उपत्यका बाहिरकालाई कार्यालयमार्फत प्रदान गरिएको जानकारी गराइएको थियो। कार्यक्रममा कर्पोरेशनका सञ्चालक समिति सदस्य, सेयरधनी, पूर्व सचिव, उपभोक्ता अधिकारकर्मी, कर्पोरेशनका कर्मचारी परिवार, डिलर। पत्रकार लगायतका शुभेच्छुकहरूको उपस्थिति थियो।

साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने

दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ। दशैँ अघि देखिनै हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीय स्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नुन, एसटिसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ।

आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु. ८ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो। आ.व. २०७४/७५ मा रु. ९ अर्ब ६८ करोड, आ.व. २०७५/७६ मा रु. ८ अर्ब २५ करोड, आ.व. २०७६/७७ मा रु ९अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उनको भनाइ छ। बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ।

कर्पोरेशनले आव २०७७/७८ मा मात्रै रु. ५ करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ। गत आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved