भन्नलाई धेरै कुराहरू छन् तर बोल्ने समय होइन, एक दिन बोल्छु : अपूर्व क्षितिज

नेपालभ्युज

भन्नलाई धेरै कुराहरू छन् तर बोल्ने समय होइन, एक दिन बोल्छु : अपूर्व क्षितिज

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहले भन्नलाई धेरै कुराहरू भएको बताएका छन् । हिरासतबाट छुटेपछि आइतबार साँझ उनले सामाजिक संजालमा एक सन्देश पोष्ट गर्दै आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको बताएका हुन्।

उनले आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको बताएका छन् ।उनले फेसबुकमा लेखेका छन्, ‘मसँग जे पनि भएको छ त्यसबारेमा भन्न बाँकी धेरै कुरा छन्। तपाईहरूले देख्नुभएको १० प्रतिशत मात्रै हो। तर यो बोल्नको लागि ठीक समय होइन,’ उनले भने, ‘म एक दिन बोल्नेछु।’

उनले आफूमाथि लगाइएका ५ मुद्दाहरु विचाराधिन रहेको समेत बताएका छन् ।  उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिदैं  आफूलाई भेट्दा सामान्‍य रूपमा प्रस्तुत भइदिन पनि अनुरोध गरेका छन्।

नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। उनलाई  १२ दिन पछि गत बिहिबार तारेखमा  रिहा गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved