केपी ओली र विष्णु पौडेलमाथि चोलेन्द्र आक्रामक, भ्रष्टाचार प्रकरणमा मुछे दुवैलाई

नेपालभ्युज

केपी ओली र विष्णु पौडेलमाथि चोलेन्द्र आक्रामक, भ्रष्टाचार प्रकरणमा मुछे दुवैलाई

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले आइतबारसम्ममा ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । जवाफ दिने क्रममा राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्वप्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए । त्यस्तै, राणाले पूर्व प्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । ‘पूर्व प्रधानन्यायाधीशहरूको होइन, त्यो पञ्चायतका मण्डलेहरूको समाज हो त्यो’, राणाले आफूविरुद्ध विज्ञप्ति निकाल्ने पूर्वप्रधानन्यायाधीशहरूको समाजप्रति लक्षित गर्दै भने ।

उनले आफूलाई कार्यालय प्रमुखसमेत भनेर दाबी गरेका छन् । ‘उहाँले कार्यालय प्रमुख म नै हो । त्यही भएर मैले सही गरेँ’, राणाको जवाफ उदृत गर्दै अर्का एक समिति सदस्यले भने, ‘सर्वोच्चको कार्यालय प्रमुख प्रधानन्यायाधीश हुँदैन । रजिष्ट्रार हुन्छ ।’ बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाएका थिए । समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा आफ्नो नभएको भन्दै डिफेन्स गरेका थिए । ‘त्यो अडियो मेरो होइन’ राणाको भनाइ थियो । समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved