जुरेमा पहिरो खस्यो, अरनिको राजमार्ग अवरुद्ध 

नेपालभ्युज

जुरेमा पहिरो खस्यो, अरनिको राजमार्ग अवरुद्ध 
फाइ्ल तश्वीर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बीचमा रहेको जुरेमा पहिरो खसेको छ । पहिरोका कारण अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

आज बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने–आउने सवारीसाधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved