नेप्सेमा लगातार गिरावट, कारोबार ९० करोडमा झर्‍यो

नेपालभ्युज

काठमाडौं। आइतबार ६ अंकले बढेको नेप्सेमा दोस्रो दिन फेरि ४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४.२९ अंकले घट्दै १९७३ अंकमा झरेको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८२ अंकले घटेर ३८२.९५ अंकमा झरेको छ ।

उसो त ४ अंकले घटेको बजारमा आज कारोबार घटेर ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यस दिन म्यानु एन्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।

आज सबैभन्दा बढी रिडी पावर कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको ४ करोड ५९ लाख ७८ हजार ६६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved