रुपन्देहीमा १३२ केभी डबल सर्किट प्रसारण लाइन उद्घाटन्

नेपालभ्युज

रुपन्देहीमा १३२ केभी डबल सर्किट प्रसारण लाइन उद्घाटन्

भैरहवा । रुपन्देहीको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार मैनहिया सबस्टेसन उद्घाटन गरिन ।

यो प्रसारण लाइन र सबस्टेसनले रुपन्देहीमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा पुर्‍याउने बताइन । उनले बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाइन् ।

ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि रुपन्देहीको विद्युत आपूर्तिमा सुधार हुने बताए । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल, भैरहवा क्षेत्रका उद्योगलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताए ।

अहिले वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि प्राधिकरण लागिरहेको उनले बताए ।

बुटवल सबस्टेसनबाट मैनहिया सम्म १८ किलोमिटर बुटवल-लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने बताइएको छ ।

यो आयोजना बनाउन २० करोड भन्दा बढी रकम लागेको प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved